केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आजको राशिफल

सहयात्रा टिभी

काठमाडौं । कार्तिक ७,  मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मेहनेतले नाम, दाम र इनाम दिलाउनेछ । शिर्जनात्मक कलामा निखारता आउनेछ । साथीभाइहरुसँगको भेटले दिन हर्षमय रहला । प्रेम सम्बन्धमा प्रगाढता थपिनेछ । रमाइलो यात्रा गर्ने अवसर जुट्ला ।

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो )
दुखमा साथ दिनेहरु प्रसस्त भेटिनेछन् । आफन्तको अगाडि राम्रो प्रभुत्व जमाउन सकिनेछ । धार्मिक काममा मन जानुको साथै व्यापार व्यवसायका तर्फबाट लामो यात्रा गर्ने अवसर जुट्ला । प्रिय व्यक्तिसगको भेटले दिन हर्षमय रहनेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह )
समय केहि प्रतिकुल रहने हुँदा सोचेको काम पुरा हुन समय लाग्नेछ । यात्राकाविचमा केहि बाधा देखिने हुँदा पूर्व तयारीका साथ जानु बुद्धिमानि हुनेछ । प्रेम र मित्रताको डोरी कसिलो बन्दै जानेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
विशिष्ट व्यक्तिहरूसँगको सहकार्यले विशेष फाइदा दिलाउनेछ। व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। अध्ययनमा प्रगति हुनेछ । सोचेको काम पुरा होला । वैदेशिख क्षेत्रबाट राम्रो आम्दानि हुने देखिन्छ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन्। रोकिएको काम बन्नुका साथै नयाँ काम सुरु हुनेछ। खर्चमा वृद्धि भएपनि आर्थिक समस्या भने देखिएको छैन । नयाँ सम्बन्ध जोडिने सम्भावना प्रवल रहेको छ । सन्तानको प्रगतिको खबरले मन हर्षित बनाउनेछ ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
परिस्थिति अनुकुल रहनेछ । भाग्यले साथ दिनाले लक्ष्यसम्म सजिलै पुग्न सकिएला । सोचेको काम पुरा हुनेछ । विशिष्ठ व्यक्तिहरुसँगको सहकार्यले फाइदा हुने छ । साथिभाईसँग भेट हुनुको साथै मिष्ठान्न भोजनको योग छ ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते )
स्वास्थ्यमा केहि समस्या देखिन सक्छ, खानपानमा ध्यान दिनुहोला । विवादास्पद समस्यामा अल्झन सकिनेछ । रमाइलो यात्राका विचमा केहि विवाद देखिन सक्छ । नयाँ साथी बनाउन सकिनेछ । प्रेम प्रस्ताव आउन सक्ने सम्भावना प्रवल छ ।

बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु)
लगनशिलताले स्थिति अनुुकुल बनाउन सकिनेछ । मेहनेतले कठिन काम पनि पुरा गर्न सकिएला । शुभचिन्तकहरुको साथ र सहयोग पाइनेछ । लामो दुरीको यात्रा गर्नुपर्ला । अध्ययनमा समय दिन नसकेपनि नतिजा सकारात्मक नै रहनेछ ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आफ्ना कमजोरीबाट प्रतिस्पर्धीहरूले फाइदा उठाउन सक्छन्, जोगिएर काममा जुट्नुपर्ला। गोप्य कुराहरु सार्वजनिक नगर्दा राम्रो । आफन्तहरुबाट सतर्क रहनुहोला । प्रिय व्यक्तिसँगको भेटले दिन हर्षमय रहनेछ । धार्मिक काममा मन जानेछ ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कृषि तथा पशुपालनमा राम्रो फाइदा हुनेछ । साझेदारीको काममा भने केहि झमेला देखिन सक्छ । अध्ययनमा प्रगति हुनेछ । सोचेको काम पुरा हुनेछ । दाजुभाईबाट साथ र सहयोग पाइनेछ । प्रेम सम्बन्धमा केहि असमझदारी देखिन सक्छ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द)
पारिवारिक समस्या देखिन सक्छ । धैर्य गर्न नसक्दा बनेको काम पनि विग्रन सक्ने सम्भावना छ । सामाजिक काममा समय जानेछ । अरुको काममा उपभोग भइएला । प्रेमी प्रेमीमाको सम्बन्ध मजबुत रहनेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
केहि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला । जिम्मेवारी बढ्न्ुको साथै आम्दानिमा समेत वृद्धि हुनेछ । सन्तानको प्रगतिको खबरले मन हर्षित तुल्याउला । धार्मिक काममा मन जानेछ । दाम्पत्य जीवन सुखमय रहनेछ ।

प्रकाशित : 24 October, 2021

प्रतिक्रिया दिनुहोस्