केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

सहयात्रा टिभी

काठमाडौँ । कात्तिक ७, ६ महिनादेखि ५९ महिनाका करिब २७ लाख बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’र जुकाको औषधि खुवाइँदै छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत छ महिनादेखि ५९ महिना उमेरसमूहका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउने छ । सधैं कात्तिक ३ र ४ गते भिटामिन ‘ए’ खुवाउँदै आएकोमा यसवर्ष दसैं परेकाले कात्तिक ७ र ८ गते खुवाउन लागिएको हो ।

स्वास्थ्य सेवा विभागको पोषण शाखाले दिएको जानकारीअनुसार भिटामिन ‘ए’ छ महिनादेखि ११ महिनासम्मका बालबालिकालाई एक लाख युनिट र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई दुई लाख युनिट खुवाइने छ । सोही अवसरमा १२ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधिसमेत खुवाइने छ ।

मन्त्रालयले भिटामिन ‘ए’ खुवाउन लैजाँदा अभिभावकलाई कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेको छ ।

प्रकाशित : 24 October, 2021

प्रतिक्रिया दिनुहोस्