केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पूर्वराजालाई फोटो खिच्न भ्याइ नभ्याइ

सहयात्रा टिभी

काठमाडौं कार्तिक ७, अन्य क्षेत्रका मानिसलाई पनि पछ्याउनेहरू हुन्छन् तर फिल्म धेरै मानिससम्म पुग्ने भएकाले कलाकारका फ्यान धेरै हुने गर्छन्। पर्दामा देखेको कोही कलाकार मानिसहरू भएको ठाउँमा पुग्यो भने त्यहाँ फोटो खिच्नेहरूको भीड लाग्छ। भीड कत्रो हुन्छ भन्ने चाहिँ त्यो कलाकारको लोकप्रियतामा भरपर्छ।

अहिले त अझ कलाकारहरूमै पनि कसका फ्यान कति कसको सुटिङ सेटमा बढी भीड सार्वजनिक ठाउँमा जाँदा कसलाई धेरै मान्छेले घेरे भनेर पनि चासोका साथ हेरिन्छ।

अन्य क्षेत्रका मानिसलाई पनि पछ्याउनेहरू हुन्छन् तर फिल्म
शुक्रबार राजधानीस्थित सोल्टी होटलको प्राङ्गणमा केही यस्तो भयो जहाँ देशका चर्चित कलाकार जसका लाखौँको संख्यामा फ्यान छन्, सामान्य देखिए। सबै सेलिब्रेटी मात्र भएको ठाउँमा यस्तो लाग्थ्यो त्यहाँ कोही सेलिब्रेटी छैन पूर्वराजा बाहेक।

तिहार तथा छठ पर्वको अवसरमा हिमानी ट्रस्टले चियापानको आयोजना गर्‍यो जहाँ खेल, कला, साहित्यलगायतका धेरै क्षेत्रका सेलिब्रेटीहरूको उपस्थिति थियो। नेपाली फिल्म उद्योगबाट पनि नयाँ तथा पुराना कलाकार, निर्देशक, निर्माता, गायक सबै उक्त चियापानमा सामेल थिए केहीबाहेक छोडेर।

त्यसपछि कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाहको प्रवेश भयो। फोटो सेसन सुरु भएपछि पूर्वराजालाई फोटो खिच्न भ्याइ नभ्याइ भयो। कोही विनम्र हुँदै ज्ञानेन्द्रसँग सरकार एउटा फोटो भन्दै थिए। कोही उनलाई आफ्नो नाम भन्दै परिचय दिँदै थिए। कोही पहिले पनि आफूहरूको भेट भएको कुरा ज्ञानेन्द्रलाई सम्झाउँदै थिए। कोही पहिलोपटक राजालाई भेट्दा दुई चार शब्द बोलिहाल्न पाए भन्ने ध्याउन्नमा थिए।

 

प्रकाशित : 24 October, 2021

प्रतिक्रिया दिनुहोस्