केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज गृह जिल्ला झापा प्रस्थान

सहयात्रा टिभी

काठमाडौं कार्तिक ७, पूर्व निर्धारित कार्यक्रम अनुसार ओली आज विहान १० बजे यती एअरलाइन्सको काठमाडौं–भद्रपुर झापा प्रस्थान गरेका छन ।

त्यस्तै आजै साँझ मेची क्राउन होटलमा अगुवा कार्यकर्ताहरुसंग भेटघाट गर्ने छन ।भोली बिहान आफ्नो निर्वाचन क्षेत्र झापा ५ को गौरादह नगरपालिका ५ महारानीझोडामा साना किसान महिला सहकारी संस्थाले निर्माण गरेको पाहुना घरको अध्यक्ष ओलीले उदघाटन गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै दिउँसो १२ बजे सिमावर्ती गौरीगञ्ज बजारमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा ओली सहभागी हुनेछन । दसैं, तिहार,नेपाल सम्वत्, छठ लगायतका पर्वहरुको अवसरमा स्थानीय पार्टी कमिटीले शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको हो । यो ठाउँ अध्यक्ष ओलीको निर्वाचन क्षेत्र हो ।

त्यहाँ पार्टीका पुराना कार्यकर्ता र आफूलाई भूमिगतकालमा आश्रय दिने आश्रयदाता र उनीहरुका परिवारसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ । त्यस्तै भोलि साँझ ५ः३० बजे विराटनगर स्थित होटल हेरिसनमा पार्टी प्रवेश कार्यक्रममा ओली सहभागी हुनेछन ।अध्यक्ष ओली ९ गते बिहान यती एअरलाइन्सको उडानबाट काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।

 

 

प्रकाशित : 24 October, 2021

प्रतिक्रिया दिनुहोस्