केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अलैँचीको भाउ ४० प्रतिशत घट्यो

सहयात्रा टिभी

झापा कार्तिक ७,  केहि दिन अगाडि बढेको अलैचीको भाउ फेरी घटेको छ । कुनै बेला ‘कालो सुन’ को नामले चिनिएको अलैँचीको किसानको अवस्था केही वर्षयता खस्किएको छ ।

कुनैबेला प्रतिमन एक लाख २० हजारसम्म पुगेको अलैँचीको मूल्य खस्कँदै २४ हजार रुपैयाँसम्म आयो । कहिले मूल्य घट्ने त कहिले उत्पादन । यस्तै समस्याबाट गुग्रिएका छन्, अलैँची उत्पादक किसान ।

राज्यले अलैँचीको विकास र व्यवपार विस्तारमा ध्यान नदिँदा अलैँची कृषक र व्यवसायी समस्यामा छन् । अन्तर्राष्ट्रिय बजार भएको नेपाली कृषि उत्पादन अलैँचीको बजारका लागि कृषक र व्यवसायीले भारतको मात्र भरपर्नुपर्ने बाध्यता छ । अलैँची तेस्रो देश निर्यात गर्न समस्या नै समस्या छ । अलैँचीको अन्तर्राष्ट्रिय व्यापार पूर्वीनाका काँकडभिट्टाबाट हुँदै आएको छ । ९० प्रतिशत अलैँची भारतीय बजारमा जान्छ ।

पूर्वी नाकाबाट हुने नेपाली उत्पादनको निर्यातको ५० प्रतिशत हिस्सा अलैँचीले ओगट्दै आएको छ । तर, राज्यले यसको व्यापार प्रवद्र्धनमा बेवास्ता गर्दा अलैँचीले बजार नपाएको उनको भनाइ छ । यसपटक उत्पादन घटे पनि अलैँचीको मूल्य बढेको छ । बजारमा अहिले चलनचल्तीको अलैँचीको मूल्य प्रतिमन ४२ हजार पुगेको छ।

उत्पादन घटे पनि अलैँचीको मूल्य बढ्दा किसानले राहत पाएका छन् । भारतमा समेत अलैँचीको उत्पादन घटेकाले नेपाली अलैँचीले मूल्य पाएको उनले बताए । तर, उत्पादन घटेर मूल्य बढ्नु समस्याको समाधान नभएको अध्यक्ष कार्की बताउँछन् । ‘अहिले उत्पादन घटेर मूल्य बढेको छ । यो स्थायी समाधान हैन । अलैँचीको नयाँ बजार नखोजे मूल्यको स्थायी समाधान हुन सक्दैन,’ उनी भन्छन्, ‘ नयाँ बजार खोज्ने राज्यले हो ।

उनका अनुसार नेपालको ४३ जिल्लामा अलैँची खेती हुँदै आएको छ । परिणामको हिसाबले ताप्लेजुङमा सबैभन्दा धेरै अलैँची फल्छ । कुल उत्पादनको ४० प्रतिशत अलैँची तप्लेजुङमै उत्पादन हुने गरेको महासंघ अध्यक्ष कार्कीले जानकारी दिए । गुणस्तरको हिसाबले संखुवासभाको अलैँची पहिलो हो । पूर्वीनाका काँकडभिट्टाबाट अलैँचीको निर्यात हुने भएकाले अलैँचीको राजधानी बिर्तामोडलाई मानिँदै आएको छ ।

प्रकाशित : 24 October, 2021

प्रतिक्रिया दिनुहोस्