केपी ओली प्रचण्ड माधव नेपाल एमाले


दीपिका–रणवीरको आईपीएल टिम

सहयात्रा टिभी

मुम्बई कार्तिक ७, मुम्बई भारतीय चलचित्र उद्योग बलिउडका चर्चित जोडी दीपिका पादुकोण र रणवीर कपुरले इन्डियन प्रिमियर लिग आईपीएल टिम किन्ने भएका छन्।

आईपीएल खेल्ने टोलीको संख्या अर्को वर्ष बढाइन लागेपछि दीपिका र रणवीरले नयाँ टोलीको फ्रेन्चाइज किन्न लागेका हुन्। र रणवीरले नयाँ दुई टिममध्ये एउटा टिम किन्ने भारतीय सञ्चार माध्यमले जनाएअर्को वर्षदेखि आईपीएलमा १० टोलीबीच प्रतिस्पर्धा हुने भएको छ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले नयाँ दुई फ्रेन्चाइज टोलीका लागि बोलकबोल आह्वान गरेको थियो। यसमा ठूला ब्यावसायिक घरानासँगै दीपिका–रणवीरले पनि चासो देखाएको जनाइएको छ।

नयाँ दुई टोलीका लागि बोलकबोल सोमबारबाट सुरु हुँदैछ। आईपीएलको यस सिजनको उपाधि चेन्नई सुपर किङ्सले जितेको छ। फाइनलमा शाहरूख खान र जुही जावलाको कोलकाता नाइट राइडर्सलाई पराजित गर्दै चेन्नईले चौथो पटक आईपीएलको उपाधि जितेको हो।

प्रकाशित : 24 October, 2021

प्रतिक्रिया दिनुहोस्