केपी ओली प्रचण्ड माधव नेपाल एमाले


महाधिवेशन प्रचार गर्न एमालेले मोटर साइकल र्‍याली गर्ने

सहयात्रा टिभी

काठमार्डौं मंसिर २, नेकपा एमालेको १० औँ महाधिवेशनको प्रचारप्रसारका लागि देशभर मोटरसाइकल र्‍याली गरिने भएको छ।

दशौँ राष्ट्रिय महाधिवेशन प्रचार समिति संयोजक योगेश भट्टराईले चितवनमा हुने महाधिवेशनको प्रचारप्रसारका लागि जिल्ला सदरमुकाममा मोटरसाइकल र्‍याली गरिने बताए। र्‍याली यही मंसिर ७ गते हुनेछ।

महाधिवेशन प्रचारप्रसार सहयोग समिति चितवनले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा  काठमाडौँ–चितवन, बुटवल–चितवन र वीरगञ्ज–चितवन लक्षित गर्दै मोटरसाइकल र्‍याली गर्ने तयारी गरिएको बताए।

मङ्सिर १० गते १२ बजे नारायणगढ जाऔँ भन्ने आह्वान गर्न र्‍याली आयोजना गर्न लागिएको हो । बागमती, लुम्बिनी र प्रदेश नं २ का प्रादेशिक पार्टी र जनसङ्गठनको तहबाट र्‍यालीको संयोजन हुने सो अवसरमा जानकारी दिइएको थियो।

मङ्सिर ७ देखि ९ गतेसम्म मुख्य राजमार्गमा आकर्षक स्वागतद्वार निर्माण गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो। एक जिल्ला एक स्वागतद्वार निर्माणमा जोड दिइएको उनले बताए। पूर्व–पश्चिम, उत्तर–दक्षिणबाट चितवनतर्फ लक्षित राजमार्ग र पालिका, मुख्य बजारमा अभियानको रुपमा यसलाई व्यवस्थित गरिने छ।

 

 

 

 

प्रकाशित : 18 November, 2021

प्रतिक्रिया दिनुहोस्