केपी ओली प्रचण्ड माधव नेपाल एमाले


राजनीतिमा महिला

सहयात्रा टिभी

काठमाडौं कार्तिक ७, महिला–पुरुषमा भिन्नता गरेको हामीले पाउने गरेका छौं । पुरुष र महिला समान हुन्, एक रथका दुई पाङ्ग्रा हुन् भन्ने धेरै सुन्दै आएको कुरा हो ।

एक्काइसौं शताब्दीमा आएर बल्ल महिला पनि पुरुषको दाँजोमा कम नभईकन सँगसँगै हिँडेको हो कि जस्तो लग्न थालेको यस समाजमा अझै विभिन्न ठाउँ र निकायहरूमा महिलाको सहभागिता कम नै छ ।

समाजबाट महिलालाई कुनै पनि प्रकारको बाधा–अवरोध नगरी राजनीतिमा लाग्न प्रेरित गर्नुपर्छ । महिलाको राजनीतिक सहभागिता वृद्धिका लागि दलका जनसंगठनहरू खास गरी महिला संगठन तथा अन्तरदलीय महिला सञ्जालले विशेष गतिविधिहरू सञ्चालन गर्नुपर्छ ।
नेपालका राजनीतिक दलहरूभित्र महिलाको ३३ प्रतिशत सहभागिता सुनिश्चित गराउनका लागि राजनीतिक दलहरूले आफ्ना विधान, नियमावली, राजनीतिक दस्ताबेज, निर्वाचन घोषणापत्रलगायतका नीतिगत दस्ताबेजहरूलाई समयानुकूल सुधार गर्दै जानुपर्छ ।

पुरुषका तुलनामा महिला बढी नै इमानदार हुने भएकाले स्थानीय निकाय तथा विभिन्न विकासका परियोजना र राजनीतिमा महिलाको सहभागितामा वृद्धि गर्दै जानुपर्छ । सबै दलले महिलाको सुनिश्चितता गर्नुका साथै महिला उम्मेदवारहरूबीच प्रतिस्पर्धा गराउनुपर्छ ।

 

प्रकाशित : 23 November, 2021

प्रतिक्रिया दिनुहोस्