केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कञ्चनपुर र डडेलधुरामा बढी पदमा जित हासिलः देउवा

सहयात्रा टिभी

काठमाडौं कार्तिक ८, प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरा बाट अधिकांश पदमा सर्वसम्मत भए पनि सभापति, सचिव र महाधिवेशन प्रतिनिधिमा भने निर्वाचन भएको छ ।

 

निर्वाचन अधिकृत लोकन्द्र बमका अनुसार जिल्ला कार्यसमितिमा सभापति र सचिवबाहेकका सबै पदमा निर्विरोध निर्वाचन भएको छ ।

सभापतिमा भीमबहादुर साउद निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी चूडामणि ठकुराठीले जम्मा ७६ मतमात्र ल्याएका छन् । जिल्ला सभापतिसहित २६ महाधिवेशन प्रतिनिधि एकलौटी रूपमा देउवा पक्षले जितेको छ । जसमा प्रधानमन्त्री देउवा र उनकी पत्नी आरजु समेत छन् ।

प्रकाशित : 24 November, 2021

प्रतिक्रिया दिनुहोस्