केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कांग्रेस अधिवेशन: महोत्तरीमा विवादित वडा, नगर र क्षेत्रमा आज मतदान हुँदै

सहयात्रा टिभी

महोत्तरी, ११ मंसिर । नेपाली कांग्रेस महोत्तरीको क्षेत्रीय अधिवेशन सर्वसम्मतिमा टुंगिन नसकेपछि क्षेत्र नम्बर १ मा निर्वाचन हुने भएको छ । आकांक्षी उम्मेदवारहरूबीच विवाद सिर्जना भएपछि महोत्तरीको निर्वाचन क्षेत्र नम्बर १ र ३ मा मतदान हुने भएको हो ।

क्षेत्र नम्बर ४ मा सर्वसम्मतिमा टुंगिएको छ भने क्षेत्र नम्बर २ मा सहमति भइसकेको नेपाली कांग्रेस महोत्तरीले जनाएको छ । क्षेत्र नम्बर ३ मा भने अझै विवाद कायम नै छ । मनरासिस्वा नगरपालिका-८ मा पनि आजै मतदान हुँदै छ । वडा अधिवेशन सकिएपछि मात्र क्षेत्र नम्बर ३ मा चुनाव हुने नेपाली कांग्रेस महोत्तरीका सभापति महेन्द्र राय यादवले जानकारी दिए ।

क्षेत्र नम्बर ३ मा विवादका कारण अझै प्रदेश प्रतिनिधि चयन हुन सकेको छैन । पालिका, क्षेत्रीय र प्रदेश प्रतिनिधि चयन गर्ने प्रक्रिया सकिएपछि मात्र जिल्ला अधिवेशनको तयारी गर्ने सभापति यादवको भनाइ छ ।

लामो विवादकै कारण अझै बल्वा नगरपालिकामा अधिवेशन हुन सकेको छैन । बल्वा नगरपालिकाको विवादलाई आजै सावधान गरी निष्कर्षमा पुर्‍याइने नेपाली कांग्रेसको तयारी छ । बल्वा नगरपालिकाको नगर अधिवेशन र मनरासिस्वा नगरपालिका-८ को अधिवेशन सम्पन्न भएपछि महोत्तरीमा नेपाली कांग्रेसको वडा र नगर अधिवेशन सम्पन्न हुने छ । –न्युज कारखाना

प्रकाशित : 27 November, 2021

प्रतिक्रिया दिनुहोस्