केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आजको राशिफल

सहयात्रा टिभी

काठमाडौं ।मंसिर १३,

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
धन बाहिरिनाले चिताएका काम पूरा गर्न कर्जा वा सरसापट लिनुपर्ने हुन सक्छ। खर्च लागे पनि टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। साथीभाई तथा इष्टमित्रसँगको भेटले मनमा हर्ष छाउनेछ ।

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो )
बेलामा अर्थ संकलन नहुँदा काम सम्पादन गर्न समय लाग्नेछ। अरुको काममा समय बित्नेछ । शुभचिन्तकहरुको भने साथ मिल्नेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह)
चिताएको काम सम्पादन हुनेछ भने नयाँ कामतर्फ अग्रसर भइनेछ। सामान्य कामका लागि धेरै मिहिनेत गर्नुपर्ला। साइनो गाँस्नेहरूसँग सजग रहनुहोला।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन्। रोकिएको काम बन्नुका साथै नयाँ काम सुरु हुनेछ। विभिन्न अवसरहरु प्राप्त हुनेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
स्वास्थ्यमा केहि समस्या देखिन सक्ने हुँदा खानपानमा विशेष ध्यान दिनुहोला । कामको बोझ थपिनेछ भने परिस्थितिले संघर्षको पथमा हिँडाउन सक्छ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
स्वास्थ्यमा ध्यान पुर्याउनुहोला। रमाइलो परिस्थितिलाई वादविवादले खलबल्याउने देखिन्छ। केहि झमेलाको बामजुत पनि दिन रमाइलोमा नै बित्नेछ ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते)
व्यापार र उद्योगमा फाइदा हुनेछ। अध्ययनमा प्रगति हुनेछ भने सहपाठीहरूलाई पछि पार्न सफल भइनेछ।

बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अध्ययनमा प्रगति हुनेछ भने बुद्धिले लक्ष्यमा पुर्याउनेछ। व्यवसायका लागि रमाइलो यात्रा गर्नुपर्ला। आफ्ना कमजोरीबाट प्रतिस्पर्धीहरूले फाइदा उठाउन सक्छन्, जोगिएर काममा जुट्नुपर्ला।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कृषि, पशुपालनमा फाइदा हुनेछ। शुभचिन्तकहरूले पनि साथ दिनेछन्। घरेलु काम सम्पादन हुनाले मनको डर उत्साहमा रूपान्तरित हुनेछ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आफन्तहरूको सहयोग प्राप्त हुनाले धेरै काम बन्नेछन्। बलभन्दा बुद्धिको उपयोगले काम लिने प्रयत्न गर्नुहोला। खर्च लागे पनि भौतिक साधन जुटाउन सकिनेछ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द )
भौतिक साधनको कमीले अप्ठ्यारो पर्न सक्छ। मिहिनेतले चिताएको काम सम्पादन हुनेछ। पहिलेका कमजोरीलाई सुधार गर्ने मौका छ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आलोचकहरूले आत्मसम्मानमा चोट पुर्याउन सक्छन्। आफ्नो कामबाट अरूले लाभ उठाउने चेष्टा गर्नेछन्। ठूलो भागको आशाले हानि पुर्याउन सक्छ, सजग रहनुहोला।

प्रकाशित : 29 November, 2021

प्रतिक्रिया दिनुहोस्