केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एमाले महाधिवेशन : अध्यक्षमा ओली र रावलबीच चुनावी प्रतिस्पर्धा हुने

सहयात्रा टिभी

काठमाडौँ । १३ मंसिर, नेकपा एमालेको जारी महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्ने अध्यक्ष केपी शर्मा ओलीको सक्दो प्रयासका बीच उपाध्यक्ष भीम रावलले अध्यक्षमा दाबी नछाडेपछि निर्वाचन हुने भएको छ । अध्यक्षमा रावल र अन्य पदमा समेत आकांक्षी बढी भएपछि अध्यक्षसहित अन्य केही पदमा निर्वाचन हुने भएको हो ।

गएराति मध्यरातमा अध्यक्ष ओलीले पदाधिकारीसहित केन्द्रीय कमिटी सदस्यको सूची बन्द सत्रमा प्रस्तुत गरिसकेका छन् । यद्यपि, निर्वाचन प्रक्रिया भने सुरु भएको छ । निर्वाचन प्रक्रियाअन्तरगत विभिन्न पदका लागि मनोनय दर्ता भइरहेको छ ।

अहिलेसम्म अनुशासन आयोगको अध्यक्षका लागि नेता केशव बडाल र केन्द्रीय सदस्यका लागि पार्वती रावल र लक्ष्मीप्रसाद पोखरेलले मनोनयन दर्ता गराएका छन् ।

मनोनयन दर्ताका लागि साढे ९ बजेसम्मको समय तोकिएको छ ।

अध्यक्षमण्डलका अध्यक्ष ओलीलाई कमिटी घोषणा गर्ने सार्वधिकार दिएको भनिए पनि असन्तुष्टहरु बढेकाले चुनाव हुने सम्भावना धेरै छ ।

पदाधिकारीको सूचीमा नपरेका भीम रावलले अध्यक्षमा र घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दिने बताइरहेका छन् ।

प्रकाशित : 29 November, 2021

प्रतिक्रिया दिनुहोस्