केपी ओली प्रचण्ड माधव नेपाल एमाले


जुम्लामा बस दुर्घटनाःजुम्लामा बस दुर्घटना

सहयात्रा टिभी

काठमाडौं मंसिर १५, जुम्लामा बस दुर्घटना दुई जनाको मृत्यु भएको छ ।

कनकासुन्दरी गाउँपालिकाको गुठिज्युलाबाट नेपालगन्जतर्फ जाँदै गरेको ना ६ ख ४४३८ नम्बरको यात्रुवाहक बस आज बुधबार बिहान सिंजा गाउँपालिका २ स्थित घोडेङ्गामा बस दुर्घटना हुँदा दुवैको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेहरूमा एक चालक र अर्का सहचालक रहेका छन् । यसैगरी दुर्घटनामा परी दुईजना घाइते भएका छन् ।

घाइतेहरूको उपचारका लागि सदरमुकामस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

प्रकाशित : 1 December, 2021

प्रतिक्रिया दिनुहोस्