केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आज प्रतिनिधिसभाको बैठक बस्दै, एमालेले विरोध जारी राख्ने

सहयात्रा टिभी

काठमाडौँ । ६ पुस, प्रतिनिधिसभाको १०औँ अधिवेशनको दोस्रो बैठक आज दिउँसो १ बजे बस्दैछ । संसद बैठक अघि सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

फाइल तस्वीर

बैठक बिहान साढे ११ बजे संसद भवन नयाँबानेश्वरस्थित शंकर हलमा बस्ने छ ।

आजको बैठकमा सरकारले एमसीसी टेबुल गराउने तयारी गरेको भए पनि बैठकको सम्भावित कार्यसूचीमा एमसीसी परेको छैन । सम्भावित कार्यसूचीअनुसार दुई अध्यादेश प्रस्तुत हुँदैछन् । कानुन मन्त्री दिलेन्द्र प्रसाद बडुले यौन हिंसाविरुद्ध र फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७८ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसद्को नवौं अधिवेशनका सबै बैठक अवरुद्ध गरेको थियो । उसले दशौं अधिवेशनका बैठक पनि चल्न नदिने रणनीति तय गरेको छ ।

मंसिर २८ गते बसेको दशौं अधिवेशनको पहिलो बैठकमा पनि एमालेका सांसद्हरूले नाराबाजी गरेका थिए । एमालेका प्रमुख सचेतक विशाल भट्टराईले आजपनि पूर्ववत् विरोधका कार्यक्रम कायमै रहने जानकारी दिए ।

प्रकाशित : 21 December, 2021

प्रतिक्रिया दिनुहोस्