केपी ओली प्रचण्ड माधव नेपाल एमाले


१४ औं महाधिवेशन बाट देउवा पार्टी भित्र झन् शक्तिशाली बने

सहयात्रा टिभी

काठमाडौँ । पुस ९, १४ औं महाधिवेशनको मतगणनामा सभापति देउवा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म बहुमतमा छन्।

१३ पदाधिकारीमध्ये एक उपसभापति, दुई महामन्त्री र दुई सहमहामन्त्रीबाहेक सबै देउवा पक्षका छन्।

उपसभापति धनराज गुरूङ, महामन्त्री गगन थापा र सहमहामन्त्री बद्री पाण्डे र जीवन परियार नेता शेखर कोइरालानिकट हुन्।

अर्का महामन्त्री विश्वप्रकाश शर्मा भने नेता प्रकाशमान सिंह प्यानलबाट लडेका थिए।

शर्मा १३ औं महाधिवेशनदेखि नै देउवानिकट भए पनि महामन्त्रीमा टिकट नपाएपछि अन्तिम समयमा सिंह प्यानलबाट महामन्त्री उठेका थिए।

प्रकाशित : 24 December, 2021

प्रतिक्रिया दिनुहोस्