केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सडक विभागले बनाएका ट्राफिक लाइट बल्दैनन्

सहयात्रा टिभी

काठमाडौं । पुस ३०, उपत्यकामा सवारी चाप व्यवस्थापन र पैदल यात्रुको सहजताका लागि ट्राफिक लाइटको व्यवस्था छ।

हालसम्म उपत्यकाका ४६ स्थानका ट्राफिक लाइट जडान गरिए पनि ४० स्थानमा मात्र चालु अवस्थामा रहेका छन्।चालु अवस्थामा रहेका लाइट पनि वेला वेला बिग्रिरहन्छन्।

यसलाई सडक विभागले महत्त्व दिएको पाइँदैन। उपत्यकामा निजी तथा वित्तीय संस्थाले सहयोग गरेका ट्राफिक लाइट भने चुस्त अवस्थामा छन्।

ती शतप्रतिशत सञ्चालनमा छन् तर सडक विभागले बनाएका लाइट भने सञ्चालनमा छैनन्। विभागले बनाएका लाइट नै सञ्चालन नहुनु विडम्बनाको विषय बनेको छ।

निजीले सहयोग गरेका करिब २० स्थानमा सञ्चालनमा रहेका ट्राफिक लाइटमध्ये ललितपुर महानगरपालिकाको सहयोगमा बनेका चार स्थानमा छन्। काठमाडौं महानगरपालिकाको सहयोगमा ३ स्थानमा ट्राफिक लाइट सञ्चालनमा छन्।

अन्य स्थानमा भने निजी बैंक तथा वित्तीय संस्थाको सहयोगमा लाइट सञ्चालनमा ल्याएका छन्।

पुतलीसडक, पद्मोदय मोड, सिंहदरबार, कालिमाटी, कालिमाटी चित्रधर शालिक, गौशाला, मित्रपार्क, पुरानो बानेश्वर, नयाँ बानेश्वर, तीनकुने ९बानेश्वरतर्फ र एयरपोर्ट, मुनिभैरव, थिमिचोक, सूर्यविनायक, कौशलटार, गट्ठाघर, सल्लाघारी, नारायणगोपाल चोक, महापाल चोक, पुलचोक, अल्का अस्पताल, ल्होत्से चोक, भाटभटेनी, त्रिपुरेश्वर चोक, कृष्ण पाउरोटी चोक, गैह्रीधारा, एकेडेमी मोड, नागस्थान, गोल्डेनगेट, नक्साल भागवती, जयनेपाल, ज्ञानेश्वर, महेन्द्र शालिक, टुकुचा, खानी विभाग, कृष्ण पाउरोटी ९महेन्द्र शालिक तर्फबाट आउने० ठाउँमा ट्राफिक लाइट सञ्चालनमा छन्।

 

प्रकाशित : 15 January, 2022

प्रतिक्रिया दिनुहोस्