केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सुनको मूल्य

सहयात्रा टिभी

काठमाडौं । माघ ५, आजको नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनचाँदीको मूल्य तोक्दै सुन १०० रुपैयाँ र चाँदी तोलामा ३० रुपैयाँले बढेको जानकारी दिएको हो ।

महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९२ हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार २०० रुपैयाँ छ । हिजो सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ६०० र तेजाबी सुनको मूल्य ९२ हजार १०० रुपैयाँ थियो ।

माघ २ गते तोलामा ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य त्यसयता लगातार बढीरहेको छ । त्यसयताका तीन दिन लगातार एक सय रुपैयाँका दरले सुनको मूल्य बढीरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, आज चाँदीको मूल्य प्रतितोला १२ सय ८५ रुपैयाँ छ । हिजो तोलामा १२ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज एकै दिन ३० रुपैयाँले बढेको हो ।

प्रकाशित : 19 January, 2022

प्रतिक्रिया दिनुहोस्