केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आगो ताप्ने क्रममा जलेर मृत्यु

सहयात्रा टिभी

सर्लाही । माघ ६, सर्लाहीमा आगो ताप्ने क्रममा जलेर एक वृद्धाको ज्यान गएको छ ।

सर्लाहीको गोडैता नगरपालिका(११ सिसौटियामा आगो ताप्ने क्रममा जलेर ७५ वर्षीया वृद्धा देवकली देवीको ज्यान गएको हो ।

घरमा आगो बालेर ताप्दै गर्दा शरीरमा आगो सल्किएपछि गम्भीर घाइते भएकी देवकलीको उपचारका लागि जिल्ला अस्पताल मलङ्गवा ल्याउँदै गर्दा गएराति बाटैमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

 

प्रकाशित : 20 January, 2022

प्रतिक्रिया दिनुहोस्