केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एनआइसी एसियाको ६ महिनाको कमाई २ अर्ब ४० करोड

सहयात्रा टिभी

काठमाडौं । माघ ७, एनआइसी एसिया बैंकको खुद नाफा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १६.५७५ ले बढेर २ अर्ब ४० करोड रुपैयाँ पुगेको छ ।

गत वर्ष यसले २ अर्ब ६ करोड रुपैयाँ नाफा कमाएको थियो । यसको वतरणयोग्य नाफामा पनि सुधार भएको छ ।

वितरणयोग्य नाफा १८.०२५ ले बढेर ८५ करोड ९३ लाख रुपैयाँ पुगेको छ । एनआइसी एसियाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवैमा सुधार भएपछि खुद नाफा बढेको हो ।

खुद ब्याज आम्दानी ३२.८१५ र सञ्चालन नाफा १२.५९५ ले बढेको छ । बैंकको निक्षेप संकलन भने थोरैले घटेको छ । यसको निक्षेप संकलन ०.७०५ ले घट्दा कर्जा लगानी ५.२९५ ले वृद्धि भएको छ । यसको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ७ पैसाले बढेर ४१ रुपैयाँ ४३ पैसा कायम भएको छ । पुस मसान्तसम्म बैंकको प्रतिसेयर नेटवर्थ १९९ रुपैयाँ ८९ पैसा छ ।

प्रकाशित : 21 January, 2022

प्रतिक्रिया दिनुहोस्