केपी ओली प्रचण्ड माधव नेपाल एमाले


उपत्यकाका सडकमा ह्‍वात्तै घट्यो सवारी चाप

सहयात्रा टिभी

काठमाडौं । माघ ८, पछिल्लो समय देशभर कोरोना संक्रमण बढिरहेको छ।

बुधबार ११ हजार ३ सय ५२ जनामा संक्रमण पुष्टि भएको छ। कोरोनाबाट संक्रमित हुनेको संख्या उकालो लागेसँगै काठमाडौं उपत्यकाका सडकमा गुड्ने सवारीसाधनको संख्या पनि घटेको छ।

गुडेका अधिकांश सवारीसाधनका सिट पनि रित्तै देखिन्छन्। मुख्य चोकमा पनि यसअघि जस्तो जाम यतिवेला देखिँदैन। सर्वसाधारणको भीडभाड पनि घटेको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रवक्ता संजीव शर्मा दासले अहिले सडकमा गुड्ने सवारीसाधनको संख्यामा ५० प्रतिशत कमी आएको बताए।

प्रकाशित : 22 January, 2022

प्रतिक्रिया दिनुहोस्