केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सिद्धबाबा सुरुङमार्गको निर्माण शुरू हुँदै

सहयात्रा टिभी

काठमाडौं । माघ ११, निर्माणका हिसाबले नेपालको दोस्रो सुरुङमार्ग सिद्धबाबा सुरुङमार्गको निर्माण आगामी महीना शुरू हुने भएको छ ।

सिद्धार्थ राजमार्गको सबैभन्दा जोखिमपूर्ण खण्डको रुपमा रहेको सिद्धबाबा खण्डमा सुरुङसँगै ‘रकसेड’ निर्माण गर्न लागिएको छ ।
वर्षेनी पहिरोका कारण धेरै जनधनको क्षति हुने सो ठाउँमा क्षति कम गराउन सुरुङ निर्माढा गर्न लागिएको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका सूचना अधिकारी ९सिनियर डिभिजनल इन्जिनीयर० सौरभ वज्राचार्यले बताए ।

ठेक्का प्रक्रियामा रहेकोमा ‘फाइनान्सिल ओपनिङ’ माघ २० गते हुने बताइएको छ ।

फाइनान्सियल ओपनिङ खुलेपछि कम बोल लगाउने कम्पनीलाई सम्झौताका लागि बोलाइनेछ र स्वीकृत गरेर एक महीना समय दिइनेछ ।

उनले भने,‘प्रक्रिया सबै टुंग्याएर ठेक्कामा नै जान फागुन अन्तिमसम्ममा हुन सक्ने देखिएको छ ।’ आर्थिक अभियान दैनिकमा खबर छ ।

प्रकाशित : 25 January, 2022

प्रतिक्रिया दिनुहोस्