केपी ओली प्रचण्ड माधव नेपाल एमाले


रोमानियामा भएका हवाई दुर्घटनामा ८ जनाको मृत्यु

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन १९, रोमानियामा भएका हवाई दुर्घटनामा ८ जनाको मृत्यु भएको छ ।

पूर्वी रोमानियास्थित कृष्ण सागरको तटीय क्षेत्रमा हराइरहेको सैनिक विमान खोज्नका लागि उडेको हेलिकोप्टर दुर्घटनामा पर्दा हेलिकोप्टरमा सवार सबै ७ जनाको ज्यान गएको रोमानियाका अधिकारीले जनाएका छन् ।रोमानियाको गुरा डोब्रोगे क्षेत्रस्थित विमानस्थलबाट उडेको केही समयमा नै हेलिकोप्टर दुर्घटनामा परेको थियो । रोमानियाका अधिकारीहरुले दुर्घटनाको पुष्टि गर्दै दुर्घटनाग्रस्त आइएआर ३३० पुमा हेलिकोप्टर विमानस्थलबाट ११ किलोमिटर टाढा फेला परेको जनाएका छन् । उक्त हेलिकोप्टर रडारबाट गायब भएको मिग २१ लान्सर लडाकु विमानको खोजी अभियानमा थियो ।

कृष्ण सागरमा हवाई गस्तीका लागि उडेको रोमानियाली वायुसेनाको विमान हराएपछि यसलाई खोज्न हेलिकोप्टर पठाइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

हराएको भनिएको उक्त लडाकु विमान पनि कृष्णसागरकै तटनजिक फेला परेको जनाइएको छ । उक्त दुर्घटनामा विमानका ३१ वर्षे पाइलटको पनि मृत्यु भएको रोमानियाका अधिकारीले पुष्टि गरेका छन् ।

 

प्रकाशित : 3 March, 2022

प्रतिक्रिया दिनुहोस्