केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मिथिलाञ्चलमा चैती छठको रौनक

सहयात्रा टिभी

काठमाडौं। चैत २४, आज जनकपुरधाम सहित मिथिला क्षेत्रमा श्रद्धा र निष्ठापूर्वक चैती छठ पर्व मनाइँदैछ।

चैत शुक्ल चतुर्थी चौथी देखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको तेस्रो दिन आज बर्तालुले विभिन्न जलाशयमा गई अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ दिन्छन्।

शुक्रबार बिहान उदाउँदो सूर्यको अर्घ दिएपछि चैती छठ पर्व सम्पन्न हुन्छ।

कार्तिकमा मनाईने छठ पर्व जतिको संख्यामा श्रद्धालुभक्तजनहरु नभए पनि विस्तारै चैती छठ पर्व गर्नेहरुको संख्या पनि बढ्दै गएको छ। बर्तालुहरुले ‘नहाय–खाय’ विधिबाट छठ पर्वको प्रारम्भ गरेका छन्।

पर्वको पहिलो दिन पवित्र स्नान गरेर व्रत सङ्कल्प गरी चोखोनितो खाने चलन छ। शरद र वसन्त ऋतुमा गरी वर्षमा दुईपटक मनाइने छठ सूर्य उपासनाको पर्व हो।

शरद ऋतुमा कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म र वसन्त ऋतुमा चैत शुक्ल चौथीदेखि सप्तमीसम्म समान विधिले यो पर्व सम्पन्न गरिन्छ।

प्रकाशित : 7 April, 2022

प्रतिक्रिया दिनुहोस्