केपी ओली प्रचण्ड माधव नेपाल एमाले


निर्माण व्यवसायीले गरे काम ठप्प

सहयात्रा टिभी

काठमाडौं। वैशाख ११, मूल्यवृद्धिका कारण काम गर्न नसकेको भन्दै निर्माण व्यवसायीहरुले काम ठप्प पारेका छन्।

आइतबारदेखि एकैपटक करिब ३५ सय निर्माण साइटका काम बन्द गरिएको नेपाल निमार्ण ब्यवसायी महासंघले जनाएको छ।

अत्यावश्यक कामबाहेक आजदेखि ‘कन्स्ट्रक्सन होलिडे’ गरिएको महासंघका अध्यक्ष रबि सिंहले थाहाखबरलाई जानकारी दिए। उनका अनुसार पुल, सडक कालोपत्रे, नदी नियन्त्रण बाहेकका आयोजनाहरुमा काम बन्द भएको छ।

पेट्रोलियम पदार्थ डिजेल, फलाम जन्य निर्माण सामग्रीलगायतका विभिन्न निर्माण सामग्रीहरुको अत्यधिक मूल्य वृद्धिका कारण निर्माण व्यवसायीहरुले काम सञ्चालन गर्न नसक्ने अवस्थामा पुगेको अध्यक्ष सिंहले बताए।

प्रकाशित : 24 April, 2022

प्रतिक्रिया दिनुहोस्