केपी ओली प्रचण्ड माधव नेपाल एमाले


संसारको सबैभन्दा सुनसान घर

सहयात्रा टिभी

काठमाडौं। वैशाख ११, अमेरिकाको वोहोआ बे स्थितिटापुमा एक्लै रहेको उक्त घर डेढ एकड क्षेत्रफलमा फैलिएको छ ।

यो घरलाई एकान्त मन पराउने तथा अन्तरमुखी मानिसहरूका लागि वास्तवमै स्वर्ग मानिएको छ । बिक्रेताले यसको मूल्य करीब ४ करोड रुपैयाँ राखेका छन् ।

बोल्डकोस्ट प्रोपर्टिजका एजेन्स बिल्ली मिलिकेनको स्वामित्वमा रहेको उक्त एक बेडरुमवाला घर बिक्रीमा राखिएको छ ।
सन् २००९ मा बनेको उक्त घर सानो भए पनि वास्तवमै आलिशान छ ।

घरभित्र सबैजसो सुविधा, बन्दोवस्ती र आवश्यकताका चिजहरू उपलब्ध छन् । घरका भित्ताहरू काठबाट बनेका छन् । झ्यालढोकामा काठका खापाहरूले घरलाई झनै सुन्दर बनाएको छ ।

अनौठो त के भने समुद्रको बीच भागमा रहेको यो घरमा आँधीबेहेरीको कुनै डर छैन । तर एउटा समस्याचाहिं के भने यो घरभित्र बाथरुम छैन अनि रातको समयमा गिद्ध तथा समुद्री जीवहरूको आवाज आउँदछ ।

प्रकाशित : 24 April, 2022

प्रतिक्रिया दिनुहोस्