केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मोरङमा १२ वडाध्यक्षसहित ६० जना विजयी

सहयात्रा टिभी

काठमाडौं। ज्येष्ठ १,मोरङमा स्थानीय तह निर्वाचनअन्तर्गत १२ जना वडाध्यक्षसहित ६० जना निर्वाचित भएका छन् ।

विजयी हुने वडाध्यक्ष नेपाली कांग्रेसका धेरै छन् । कांग्रेसले सात, एमालेले पाँच र नेकपा माओवादी केन्द्रले एक स्थानमा जित हासिल गरेका छन् ।

कानेपोखरी गाउँपालिका वडा नम्बर १ मा रतनबहादुर कार्की, जहदा गाउँपालिका वडा नम्बर ७ मा भगवान मरन्डी, ग्रामथान गाउँपालिका वडा नम्बर १ वीरेन्द्र चौधरी, मिक्लाजुङ गाउँपालिका वडा नम्बर १ मा पर्वत राई, मिक्लाजुङ २ मा बलबहादुर श्रेष्ठ, सुनवर्षी नगरपालिका वडा नम्बर १ मा वीरबहादुर राई र सुनवर्षी नगरपालिका वडा नम्बर २ मा विनोकुमार राजवंशी विजयी भएका छन् ।

अहिलेसम्म मोरङमा एमालेका पाँच जना वडाध्यक्ष विजयी भएका छन् ।कटहरी गाउँपालिकाको वडा नम्बर १ मा हरिनारायण राजवंशी, केराबारी गाउँपालिका १ मा शरण थापा, कानेपोखरी गाउँपालिका ७ मा मोहनप्रसाद अधिकारी, ग्रामथान गाउँपालिका १ मा वीरेन्द्र चौधरी र लेटाङ नगरपालिका(१ मा विष्णु मगर विजयी भएका छन् ।

धनपालथान गाउँपालिका १ मा खाजाहुसेन मियाँ विजयी भएका छन् । उनी माओवादी केन्द्रका हुन् ।

निर्वाचित भएका अरू ४८ जना भने वडा सदस्य पदमा निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

 

प्रकाशित : 15 May, 2022

प्रतिक्रिया दिनुहोस्