केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भरतपुरमा रेनु दाहालभन्दा विजय सुवेदी ४३ मतले अगाडि

सहयात्रा टिभी

काठमाडौं। ज्येष्ठ २, भरतपुर महानगरपालिकाको प्रमुखमा सत्तारुढ गठबन्धन र नेकपा एमालेबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।

महानगर प्रमुखको ११ हजार २०७ मत गणना हुँदा नेकपा एमालेका विजय सुवेदीले ३ हजार ८९९ मत पाएका छन् ।

सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी रेनु दाहालले भने ३ हजार ८५६ मत पाएकी छन् । महानगर प्रमुखमै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले एक हजार ५४८ मत पाएका छन् ।

उपप्रमुखमा भने नेपाली काँग्रेसका चित्रसेन अधिकारीले ४ हजार ४३१ मत हासिल गर्दै अग्रतालाई फराकिलो बनाएका छन् । उपप्रमुखमा राप्रपाकी हिमला गुरुङले ३ हजार ४१ मत पाएकी छन् । गुरुङलाई एमालेले समेत समर्थन गरेको थियो ।

 

प्रकाशित : 16 May, 2022

प्रतिक्रिया दिनुहोस्