केपी ओली प्रचण्ड माधव नेपाल एमाले


स्थगित भएका ६ जिल्लाका १४ केन्द्रमा आज मतदान हुँदै

सहयात्रा टिभी

काठमाडौं। ज्येष्ठ ३, वैशाख ३० गते स्थगन भएको १४ मतदान केन्द्र तथा उम्मेदवार मृत्यु भएको दुई पालिकामा मंगलवार मतदान जारी छ ।

निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार वैशाख ३० गते अवरुद्ध भएको ६ जिल्लाको १४ मतदान केन्द्रमा आज बिहान ७ बजेदेखि मतदान जारी रहेको हो ।

स्थगन भएको मध्ये कञ्चनपुर पुनर्वासको ३ मतदान केन्द्र, काभ्रेको पाँचखालको २, बाजुराको बुढीनन्दाको १, अछामको पचदेवलको २ , सिरहाको गोलबजारको ४ र सर्लाहीको वरहथवाको २ मतदान केन्द्रमा मतदान जारीर हेको हो ।

प्रकाशित : 17 May, 2022

प्रतिक्रिया दिनुहोस्