केपी ओली प्रचण्ड माधव नेपाल एमाले


१२ औं पटक अनसन बस्दै डा. गोविन्द केसी

सहयात्रा टिभी

काठमाडौ ।  त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डाक्टर गोविन्द केसी फेरि अनसन बस्ने भएका छन् । केसीले यही असोज २० गतेदेखि १२ औं पटक अनसन बस्ने घोषणा गरेका हुन  ।

तत्काल चिकित्सा शिक्षा ऐन पारित गर्नुपर्ने, मेडिकल माफियासितको मिलेमतोमा एमबिबिएसका लागि सरकारले तोकेको भन्दा दशौं लाख बढी शुल्क अवैध रुपमा निर्धारण गर्ने काठमाडौं विश्वविद्यालयको निर्णय तत्काल खारेज गर्नुपर्ने, त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका डिन राजेन्द्र कोजुलाई बर्खास्त गर्नुपर्ने, बर्खास्त गरिएका आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कामाथि छानविन र कारवाही गरिनुपर्ने लगायत चार बुँदे माग अघि  सारेका छन  ।

११ औं पटक अनसन बसिरहेका बेला तराईमा बाढीले नोक्सानी पुर्‍याएपछि डा. केसी अनसन स्थगित गरी बाढी प्रभावित क्षेत्रमा प्रभावितलाई उपचार गर्न गएका थिए ।  ।

प्रकाशित : 19 September, 2017

प्रतिक्रिया दिनुहोस्