केपी ओली प्रचण्ड माधव नेपाल एमाले


निर्वाचनको माहौलले प्रधानमन्त्री दंग

सहयात्रा टिभी

बैशाख २०, २०७४ । प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचनका लागि देखिएको माहौलबाट आफूले गौरव महसुस गरेको बताउनु भएको छ । राष्ट्रिय योजना आयोग अन्तरर्गत राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले निर्वाचनको माहौल देखेपछि सरकार सफल भएको महसुस भएको बताउनुभयो । उहाँले मनोनयनका क्रममा देखिएको दलहरुको सहभागीताले मुलुक राष्ट्रिय एकतातर्फ अघि बढेको समेत टिप्पणी गर्नूभयो । सबै राजनीतिक दल र देशका सबै समूदाय सहभागी भएर पहिलो चरणको निर्वाचनको प्रक्रिया अघि बढेकोमा उहाँले हर्ष प्रकट गर्नुभयो । उहाँले संविधान घोषणा पछि देखिएको अन्योल समेत हटेको दावी गर्नुभयो ।

प्रकाशित : 3 May, 2017

प्रतिक्रिया दिनुहोस्