केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भीम रावलको प्रश्न– धाँधलीको प्रतिवेदन ख्वै ?

सहयात्रा टिभी

बैशाख २१, २०७४ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले संविधानसभाको दोस्रो निर्वाचनमा धाँधली भए नभएको छानबिन गर्न गठित समितिले प्रतिवेदन नबुझाएकोमा आपत्ती जनाउनु भएको छ । उपाध्यक्ष रावलले आज बिज्ञप्ती जारी गर्दै तत्कालिन सद्भावना पार्टीका सह अध्यक्ष एवम हाल राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्णको संयोजकत्वमा गठित सो समितिले तयार भैसकेको प्रतिवेदन पनि नबुझाउनु बिडम्बना र खेदजनक रहेको टिप्पणी गर्नुभएको छ । प्रतिवेदन नबुझाउनुबाट निर्वाचनमा धा“धली भएको भन्ने कुरा केवल राजनीतिक स्वार्थ र उद्देश्यले मात्र उछालिएको कुरो स्पष्ट भएको उहाँले उल्लेख गर्नुभएको छ ।

प्रकाशित : 4 May, 2017

प्रतिक्रिया दिनुहोस्