केपी ओली प्रचण्ड माधव नेपाल एमाले


राजिनामा फिर्तासंगै गृहमन्त्री निधि आजैबाट काममा

सहयात्रा टिभी

बैशाख २१, २०७४ । पदबाट राजिनामा दिएका गृहमन्त्री बिमलेन्द्र निधि फेरि काममा फर्कनुभएको छ । आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल, कंग्रेस सभापति शेरवहादुर देउवासंग छलफलपछि निधि राजिनामा फिर्ता लिन सहमत हुनुभएको हो ।  यसअघि प्रधानन्यायधीशलाई महाअभियोग लगाउने तयारीप्रति असन्तुष्टि जनाउँदै उहाँले राजिनामा दिनुभएको थियो । बिहानको भेटमा प्रधानमन्त्री दाहाल र सभापति देउवाले राजिनामा फिर्ता गरेर काममा फर्कन आग्रह गरेपछि निधि सहमत हुनुभएको बताइएको छ । राजिनामा फिर्तासंगै गृहमन्त्री निधि आजैबाट काममा फर्कनुभएको छ ।

प्रकाशित : 4 May, 2017

प्रतिक्रिया दिनुहोस्