केपी ओली प्रचण्ड माधव नेपाल एमाले


‘निर्यात बढाउन उत्पादनदेखि निकासी तहसम्म काम तीव्र’

सहयात्रा टिभी

मुलुकको अर्थतन्त्र सुदृढ हुन नसक्नुको प्रमुख कारण ‘ब्यापार घाटा’ पनि हो । यसलाइ सन्तुलनमा राख्न निर्यात बढाइ आयात घटाउनुको विकल्प छैन । राज्यले नै निर्यात बढाइ आयात घटाउने नीति लिएपनि मुलुकमा यथोचित उत्पादन नहुँदा सफलता प्राप्त हुन सकेको छैन । ब्यापार घाटा कम गरी मुलुकको अर्थतन्त्र सुधार्न के गर्नुपर्ला भन्ने विषयमा हामीले ब्यापार एवम निकासी प्रवद्र्यन केन्द्रका प्रमुख कार्यकारी निर्देशक तेजसिंह बिष्टसंग कुराकानी गरेका छौं ।
ब्यापार प्रवद्र्यन तथा निकासी केन्द्रले के काम गर्छ ?
ब्यापार प्रवद्र्यन तथा निकासी केन्द्र देशको निकासी ब्यापार बढाउनका लागि स्थापित भएको संस्था हो । यसले देशबाट निकासी हुने बिभिन्न बस्तुको प्रवद्र्यन गर्नको लागि उत्पादनदेखि निकासी तहसम्मको बजार व्यवस्था मिलाइदिने र सूचना प्रवाह गर्ने काम गर्दछ । विशेष गरेर उत्पादन तहमा बस्तुहरुको कसरी गुणस्तर बढाउने, निकासी तहमा त्यसलाई अन्तर्राष्ट्रिय बजारमा कसरी पु¥याउने भन्ने खालको स्थिति ब्यापारीहरुमा जानकारी दिने गरेको छ । यसका साथसाथै ‘ट्रेड स्ट्याटिक्स’ हरु संकलन गरेर प्रचार गर्ने, अनलाइन, सिडी तथा किताब प्रकाशन गरेर सूचना प्रवाह गर्ने गर्दछ । साथै हामीले एउटा अनलाइन इनफर्मेसन केन्द्र राखेको छौं जसमा ट्रेडसंग सम्बन्धित नीति नियम, कानूनहरु, निकासी तथा आयातसंग सम्बन्धित कानूनहरु समाहित गरेका छौं । साथै, ब्यापार तथा निकासी केन्द्रले नेपालका बिभिन्न शहरमा गएर निकासीमा संलग्न ब्यापारीहरुलाई बजारसंग सम्बन्धित तालिम समय–समयमा दिने गरेको छ । यसका साथसाथै दक्ष जनशक्ति उत्पादन गर्नाको लागि निकासी भैरहेको प्रोडक्ट, विशेषगरी कार्पेट, गार्मेन्ट, हस्तकलाका बस्तुहरुका विषयमा तालिमा दिइरहेका छौं । त्यस्तै ट्रेड मार्क रर्जिस्ट्रेशनको कुरा गर्दा खेरी अन्तर्राििष्ट्रय क्षेत्रका नेपाली बस्तुको पहिचालन गराउनको लागि यो गर्दै आइरहेका छौं । यसै सन्दर्भमा हामीले अहिलेसम्म च्याङ्ग्रा पस्मिना ५० भन्दा बढी देशमा दर्ता गरिरहेका छौं । कफी युरोपियन युनियनका साथै बिभिन्न पाँच देशमा दर्ता गरिसकेका छौं । बाँकीको प्रक्रिया चलिरहेको छ । यसकारण ब्यापार तथा निकासी प्रवद्र्यन केन्द्रले देशको निकासी बढाउनको लागि उत्पादनतह देखि निकासी तहसम्म सम्पूर्ण कुरा व्यवसायीलाई जानकारी गराउने गर्दछ ।
निर्यातमा सफलता कस्तो छ ?
निर्यातमा हामीले आयतमा जस्तो सफलता पाउन धेरै मेहनत गर्नुपर्ने हुन्छ । विशेष गरेर आयातमा निर्भर भएको हुनाले, हाम्रो देशमा बिभिन्न विकासका काम गर्नुपर्ने भएको हुनाले, हामीसंग श्रोत साधनको कमी भएको हुनाले, सम्बन्धित उत्पादनहरु हामीले विदेशबाट आयात गर्दा निर्यात थोरै देखिएको स्थिति हो । यसलाइ बढाउन हामी प्रयासरत छौं ।
ब्यापार घाटा कस्तो छ ?
विकास पूर्वाधार बनाउन निर्यात गर्नुपर्ने स्थितिमा आयातमा निर्भर रहनु परेको हुनाले निर्यात तुलनात्मक रुपमा थोरै छ । ब्यापार घाटा हामीले बेहोर्नु परेको स्थिति हो ।

निर्यात बढाउन के गरिरहुन भएको छ ?
निर्यात बढाउनको लागि हामीले उत्पादनदेखि निकासी तहसम्म बिभिन्न प्रक्रियागत कुराहरु हामीले संचालन गरिरहेका छौं । बिभिन्न क्षेत्रमा गएका छौं, अन्तर्राष्ट्रिय ब्यापार मेलामा सहभागी भएका छौं । बजारको खोजि होस, ब्यापारीलाइ तालिम दिएर होस सशक्त जनशक्ति उत्पादन गर्ने कुरामा होस र हाम्रो ट्रेड मार्क रजिष्ट्रेशन गराएर अन्तर्राष्ट्रिय क्षेत्रमा यसको पहिचान गराउने कुरामा हामी निरन्तर लागिरहेका छौं ।
अन्य योजनाहरु के छन ?
अहिलेको वाणिज्य मन्त्री एकदम भाइब्रेन्ट हुनुहुन्छ । ट्रेड इनिष्टिच्युट बनाउने कुरामा उहाँ प्रक्रियागत रुपमा लागिरहनु भएको छ । त्यो भए संस्थाले स्वायत्तता पाउँछ, त्यसै अनुसार हामी निकासी प्रवद्र्यन गर्ने कुरामा केन्द्रीत छौं ।

प्रकाशित : 4 May, 2017

प्रतिक्रिया दिनुहोस्