केपी ओली प्रचण्ड माधव नेपाल एमाले


महाअभियोगबारे संसद्मा आजै छलफल, तीन दलबीच कुरा मिलेन

सहयात्रा टिभी

बैशाख २२, २०७४ । प्रधानन्यायाधीशबिरुद्धको महाअभियोग प्रस्ताव फिर्ता लिन कांग्रेस र एमाले तयार नभएपछि व्यवस्थापिका संसद्को बैठकमा यो विषयमा छलफल हुने भएको छ । संसद्मा प्रस्तावमाथि छलफल गरी दुइ तिहाइले पारित गर्ने तयारी सत्तारुढ दलहरुले गरेका छन । एमालेसहितका बिपक्षी दलहरुले भने प्रस्ताव फिर्ता लिन माग गरेका थिए । बिहान बसेको व्यवस्थापिका संसद्को बैठकमा एमाले सांसद्हरुले होहल्ला गरेपनि सभामुख ओनसरी घर्तीले प्रक्रिया रोक्नु भएन । सभामुख मगरले शुन्य र विशेष समयको कार्यसूची हटाएको जानकारी दिंदै महाअभियोग प्रस्तावमाथि छलफल गर्ने समय निर्धारण गर्नुभयो । संसद बैठक अघि सभामुखको आहृवानमा बसेको तीन दलीय बैठक निष्कर्षविहीन भएको थियो । कार्कीको कार्यकाल सकिनु अघि नै महाअभियोगबारे संसदले निर्णय गर्नु पर्ने एमालेको मागबारे ठोस सहमति हुन सकेन ।

प्रकाशित : 5 May, 2017

प्रतिक्रिया दिनुहोस्