केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कीर्तिपुरमा राप्रपा उम्मेद्वार सुमित्रा बस्नेत सबैको प्रिय

सहयात्रा टिभी

काठमाडौं । बैशाख ३१ हुने स्थानीय तहको निर्वाचनको लागि कीर्तिपुरमा राप्रपाको अवस्था सुदृढ देखिएको छ । वरिष्ठ समाजसेवी सुमित्रा बस्नेत उपमेयरको उम्मेद्वार बनेपछि कीर्तिपुर नगरपालिका राप्रपामय भएको देखिन्छ । सबै दल, वर्ग, सम्प्रदाय, धर्म र क्षेत्रका मानिस बस्नेतको उम्मेद्वारी आएपछि खुशी भएका छन । बस्नेत समाजसेवामा लामो समयदेखि कटिबद्ध भएर लागेको इमान्दार व्यक्ति भएको हुनाले कुनै पूर्वाग्रह नराखेर भोट दिने यो क्षेत्रका सर्वसाधारण बताउँछन । सो क्षेत्रमा बस्नेत सर्वाधिक रुचाइएकी नेतृ देखिएकी छन ।
समाजसेवी तथा राजनीतिकर्मी बस्नेत बिगत डेढ दशक देखि राजनीति तथा सेवा मुलक ब्यबसाय र सामाजिक क्षेत्रमा सक्रिय भई महिला ससक्तिकरण, शिक्षा, स्वास्थ्य, रोजगार र विभिन्न सेवामुलक सामाजिक संघ सस्था मार्फत राष्ट्र र समाजको लागि उनले काम गर्दै आइरहेकीछिन । बस्नेत निडर, हक्की,स्वच्छ छबि तथा स्पष्टबक्ता नेत्रीका रुपमा समाजमा परिचित छिन ।

प्रकाशित : 5 May, 2017

प्रतिक्रिया दिनुहोस्