केपी ओली प्रचण्ड माधव नेपाल एमाले


उम्मेदवारको अन्तिम नामावली सार्वजनिक

सहयात्रा टिभी

काठमाडौँ : निर्वाचन आयोगले पहिलो चरणको स्थानीय तह निर्वाचनका उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेर आज चुनाव चिन्ह वितरण गर्दैछ । हिजो उम्मेदवारी फिर्ताको समय दिएको आयोगले आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको हो । ३ प्रदेशका २ सय ८३ स्थानीय तहमा मनोनयन दर्ता गरेका मध्ये ५ जना नगर प्रमुख , १२ जना उपप्रमुख सहित ३७ उम्मेदवारले हिजो आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए । अन्तिम नामावलीमा सुचीकृत उम्मेदवारलाई साँझ ५ बजे सम्म निर्वाचन चिन्ह प्रदान गर्ने निर्वाचन आयोगले जनाएको छ । संसदमा प्रतिनिधित्व रहेका दलले एउटै चिन्ह पाउनेछन् भने अन्यले स्वतन्त्रको हैसियतमा चिन्ह लिएर चुनावमा जानुपर्नेछ । उम्मेदवारले निर्वाचन हुने मिति बैशाख ३१ भन्दा ४८ घण्टा अघि बैशाख २८ गतेसम्म  प्रचार प्रसार गर्न पाउनेछन् ।

प्रकाशित : 5 May, 2017

प्रतिक्रिया दिनुहोस्