केपी ओली प्रचण्ड माधव नेपाल एमाले


ब्यापार क्षेत्रमा उत्साह र हौसला छैन, मन्त्रालय–मन्त्रालयबीच ‘ईगो’ छ –राजेशकाजी श्रेष्ठ, अध्यक्ष, नेपाल चेम्बर अफ कमर्स

सहयात्रा टिभी

अहिले के देखिन्छ भने जहिले पनि हामी ब्यापारको कुरा गछौं, सन्तुष्ट कोही पनि नहुने, काम पनि भैरहने, तर जुन हिसाबबाट  बिकास हुनुपर्ने हो त्यो चाहिं नहुने भएको पाइन्छ । चाहे त्यो शक्तिशाली भूकम्प गएकोबेला होस, चाहे अघोषित नाकाबन्दीको बेला भनौ, त्यो बेलापनि चलि नै रहेको थियो, अहिले पनि चलिरहेकै छ, तर जुन हिसाबबाट उत्साह सबैमा हुनुपर्ने हो त्यो अवस्था देख्या छैन ।
एउटा राजनीतिक कारणले पनि होला, कहिले के को डिस्टर्ब कहिले के को । चुनाव भन्यो हुने हो होइन, यस्तो अनिश्चित कारणले गर्दा खेरी . . फेरि हाम्रो देशको पोलिसी (नीति) पनि यस्तै छ । मानौ वाणिज्यले नीति ल्याएपछि चाहे त्यो अर्थले होस, सम्बन्धीत अर्को उद्योगले होस, पर्यटनले होस वा उर्जाले होस, ती सबै एक अर्काका पूरक हनुपर्ने हो, यहाँ त मन्त्रालयमै एक अर्काबीच इगो छ । यसले पनि काम भैरहेको छैन । वाणिज्यले त ब्यापार सहजीकरण, अन्तर्राष्ट्रिय परिस्थिति हेरेर नीति ल्याएको हुनुपर्छ, त्यो गएर अर्थमन्त्रालयसंग तालमेल मिलेको हुँदैन । अर्थमन्त्रालयले ग¥यो त्यो गएर गृहले रोकिदिन्छ । कहिले बनले दिंदैन । उद्योग मन्त्रालयले लाइसेन्स दिएपछि त्यसलाइ सबैले मान्नु पर्ने छैन, अर्कोले त्यो भन्दा सुपेरियर आपूmलाइ ठान्छ, त्यसले पनि ब्यापारमा समस्या  भैराखेको छ । हामीले अन्तर्राष्ट्रिय बजारको शैलीमा हिंडनुपर्छ, अब परम्परागत कुरा गरेर हुंदैन । दुइ तीन चोटी हामीले कार्यक्रम पनि ग¥यौं, आपसी अन्तक्रिया ग¥यौं । वाणिज्य मन्त्रालयका सबै तहमा कुरा राख्यौं । तर के भो अझैपनि उत्साह र हौसला ब्यापार क्षेत्रमा आएको छैन ।
ब्यापार घाटा कम गर्न सबैले आयात कम गर्न प¥यो, उद्योग बढाउनु प¥यो, निर्यात बढाउनु प¥यो । ब्यापार घाटा कम गर्न जुन इन्धनको आयात भैरहेको छ, त्यो इन्धनको ठाउँमा बिद्युतिय सामग्रीको प्रयोग गर्नुपर्छ । बिद्यूतिय गाडी चलाउनु प¥यो । बिद्युतिय सामग्रीको आयात निःशुल्क गर्नुप¥यो । यसले इन्धनको आयात घटाउँछ, वातावरण पनि राम्रो राख्छ । अनि अर्को पर्यटन र हाइड्रो हो । यो मार्फत पनि ब्यापार घाटा कम गर्न सकिन्छ ।
हामी दुइ ठूला देशको बीचमा छौं । उनीहरुले शून्य दशमलव एक प्रतिशत पनि आफनो जनसंख्याको यहाँ पर्यटक पठाइदिए भने हामीलाइ पुग्छ । त्यो अनुसारको पर्यटन र उद्योग हामीले गर्न सक्यौं भने त्यो हामीलाइ काफी हुन्छ ।
अर्को ह्याडीक्र्याप्टको निर्यात । युरोप, भारत,चीन लगायतका मुलकले हामीलाइ निर्यातमा कर छुट दिएका छन । त्यसको फाइदा लिएर निर्यात गर्न सक्नु प¥यो । चीनमा खाद्यान्नको निर्यात हुने उत्पादन पनि हामीसंग  छ । फेरि यो भारत र चीनको क्वारेन्टाइनको कारणले पनि हाम्रो निर्यातमा समस्या भैरहेको छ , सरकारले जहाँ कमजोरी छ त्यो पत्ता लगाएर त्यस अनुसार काम गरेर ब्यापार घाटा कम गर्न सहज हुन्छ ।
निर्यात हुने उत्पादनमा केही इन्सेन्टिभ हामीले पाएका छौं । जस्तो चीनले दिएको छ । भारतसंग वाइल्याट्रल सहमति छ । यसको फाइदा लिनसक्यौं भने ब्यापार घाटा कम गर्न सजिलो हुन्छ ।
निर्यात भनेको सबैले गर्नुपर्छ । यो सोच सबैमा ल्याउनु पर्छ अब । निर्यात गर्ने सामग्रीमा लाग्ने कर सबै हटाउनु पर्छ । निजी क्षेत्र भन्दा पनि सरकारले छ सिक्नुपर्ने कुरा यहाँ । के भैरहेको छ ? कसरी भैरहेको छ ? कसरी बिदेशीले निर्यात गरिहेका छन ? कुन कुन देशले के सुविधा दिएका छन ? त्यो ठाउँमा निर्यात गर्दा हामीलाइ के सुविधा हुन्छ ? यो सबै अध्ययन गर्नुपर्छ । यो अनुसारको अध्ययन र नियमलाइ कसैले काटनु हुँदैन । इगो छोडनु प¥यो जस्तो लाग्छ, यत्ति हो ।
(सहयात्रा टीभीसंगको कुराकानीमा आधारित )

प्रकाशित : 7 May, 2017

प्रतिक्रिया दिनुहोस्