केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रिती जिन्टाको पञ्जाबको आशा कायमै, आज गुजरात र दिल्ली भिडने

सहयात्रा टिभी

भारत । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) मा किंग्स एलाभेन पञ्जाब विजयी भएको छ । आइपिएल अन्तर्गत गएराति पञ्जाबले कोलकाता नाइट राइडर्समाथि १४ रनको जित निकालेको हो । १ सय ६८ रनको लक्ष्य पछ्याएको कोलकाताले निर्धारित बीस ओभरमा ६ विकेट गुमाएर १ सय ५३ रनमात्र जोड्न सक्यो । उसका लागि क्रिस लिनले ८४ रन बनाए । बलिङतर्फ पञ्जाबका मोहित शर्मा र राहुल तेवातियाले समान दुई–दुई विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले निर्धारित बीस ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो । उसका लागि कप्तान म्याक्सवेलले ४४ तथा रिद्धिमान शाहले ३८ रन बनाए । बलिङतर्फ कोलकाताका क्रिस ओक्स र कुलदीप यादवले समान दुई–दुई विकेट लिए । कोलकाता यसअघि नै प्लेअपमा प्रवेश गरिसकेको टोली हो भने जितपछि पञ्जाबले अन्तिम चारमा पुग्ने आफ्नो सम्भावना कायमै राखेको छ । प्रतियोगिता अन्तर्गत आज गुजरात लायन्स र दिल्ली डेयर डेभिल्सबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित : 10 May, 2017

प्रतिक्रिया दिनुहोस्