केपी ओली प्रचण्ड माधव नेपाल एमाले


माधव नेपालको असहमति पत्र नेकपाको सचिवालयमा पेश

सहयात्रा टिभी

काठमाण्डौं । असोज–२२, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेकपाको सचिवालय बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालको लिखित असहमति पत्रमाथि छलफल हुने भएको छ ।

सोमबार बसेको सचिवालय बैठकले एजेण्डाहरु तय गरेको हो, जसमा नेता नेपालको असहमति पत्र पनि छ । प्रदेश इन्चार्ज-सहइन्चार्ज र अध्यक्ष-सचिव मनोनयनप्रति असन्तुष्टि जनाउँदै नेता नेपालले लिखित असहमति नै दर्ता गरेका छन् ।

सचिवालयबाट नभई स्थायी कमिटीबाट निर्णय गर्नुपर्ने, आफू र अर्का नेता नारायणकाजी श्रेष्ठ प्रकाश विदेश भ्रमणमा भएका बेला निर्णय गरेको र मापदण्डअनुसार पनि नभएको भन्दै नेता नेपालले महासचिवलाई असहमति पत्र दिएका थिए । त्यसलाई सचिवालय बैठकको एजेण्डा बनाएको र पर्सि बुधबार त्यसमाथि छलफल हुने एक नेताले बताए ।

 

प्रकाशित : 8 October, 2018

प्रतिक्रिया दिनुहोस्