केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भुवन केसीले गरे साम्राज्ञीविरुद्ध १० करोडको मुद्दा दायर

सहयात्रा टिभी

काठमाडौं । श्रावण–०९, अभिनेता भुवन केसीले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध गाली बेइज्जती मुद्दा दायर गरेका छन् ।काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले शुक्रबार दिउँसो केसीले काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको जनाएकाछन् । केसीले शाहसँग १० करोडको क्षतिपुर्तिको मागदावी गर्दै मुद्दा दायर गरेको बताइएको छ । गत असार १२ गते अभिनेत्री शाहले सार्वजनिक रुपमै केसीले आफूलाई दुव्र्यवहार गरेको दावी गरेपछि उनीहरुबीच विवाद सुरु भएको थियो ।

अभिनेत्रि शाहले पछिल्लो समय केसीबाट आफू पीडित भएको भन्दै भिडियो सन्देश सार्वजनिक गरेकी थईन् । यसबीचमा केसी र शाहविरुद्ध गहिरो विवाद उत्पन्न भएको हो । केसी र शाहको पक्ष र विपक्षमा अरु थुप्रै कलाकारहरुले समेत प्रतिक्रिया दिईरहेका छन् । कतिपय कलाकारले शाहको आरोपलाई ‘मी टू’ अभियानको श्र्रंखलासँग जोडेर पनि व्याख्या गरेकाछन् ।

प्रकाशित : 24 July, 2020

प्रतिक्रिया दिनुहोस्