केपी ओली प्रचण्ड माधव नेपाल एमाले


‘इनफ इज इनफ’ अभियानलाई कांग्रेसको समर्थन

सहयात्रा टिभी

काठमाडौं । श्रावण–१८,प्रमुख प्रतिपक्षी दल कांग्रेसले ‘इनफ इज इनफ’ अभियानको आन्दोलनमा समर्थन जनाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले १५ दिनदेखि आमरण अनशनमा रहेका अभियन्ता ईःलाई भेटेर अभियानको आन्दोलनमा समर्थन जनाएका हुन् । देउवाले अनशन तोडेर सशक्त आन्दोलनमा उत्रिन आग्रह गर्दै त्यस्तो आन्दोलनमा आफू पनि सहभागी हुने विश्वास दिलाएको स्रोतले बताएको छ ।सभापति देउवाले अनशनरत युवालाई अनशन तोडेर आन्दोलनमा उत्रिन सुझाब मात्र दिएनन्, उत्रिए आफू पनि सहभागी हुने वाचासमेत गरे । ‘ज्यान जोगाउनुपर्छ, यो अनशन तोडेर आन्दोलन गर्नुहोस् । आन्दोलनमा म पनि सहभागी हुन्छु,’ अनशनमा रहेका अभियन्ता ईःसँग कुरा गर्दै देउवाले भने ।अनशनरत युवाहरूले उठाएका माग तत्काल सम्बोधन गर्न देउवाले सरकारसँग पनि आग्रह गरेका छन् । ‘उहाँहरूको मागलाई हाम्रो समर्थन छ । मान्छेलाई मर्न दिनुहुन्न । ओली सरकारले तुरुन्तै कुरा गरेर अनशनमा बसेका युवाहरूलाई बचाउनुपर्छ,’ देउवाले भने । शान्तिपूर्ण प्रदर्शनसमेत गर्न नदिएर सरकारले धरपकड गरेकोमा पनि देउवाले आपत्ति जनाएका छन्।

सभापति देउवासँगै अनशनस्थल पुगेका कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले युवाका मागलाई सरकारले गम्भीरतापूर्वक नलिएकोमा दुःख व्यक्त गरे । ‘उहाँहरूले उठाएका मागलाई कसैले पनि नाजायज भन्न सक्दैन । सरकारले अनशन बस्नेहरूको मागलाई सम्बोधन गर्नुपर्छ,’ उनले भने, ‘कोरोना महामारीबाट देशलाई बचाउने माग कसैको निजी स्वार्थ होइन । सरकारले यो विषयलाई लामो समयसम्म पनि गम्भीरतापूर्वक नलिएकोमा दुःख लागेको छ ।’सरकारले आइतबारसम्म आरडिटी परीक्षण रोक्ने आश्वासन दिएको छ । सहमति र मागप्रति सरकारले बेवास्ता गरेको भन्दै शान्तिपूर्ण आन्दोलनमा उत्रेका अभियन्तासँगको शुक्रबारको भेटमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले आरडिटी परीक्षण रोक्ने र पिसिआर परीक्षण मात्रै गर्ने आश्वासन दिएका थिए ।१८ असारमा अनशनकारी युवालाई भेट्न अस्पताल नै पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरूका माग पूरा गर्ने वाचा गरेका थिए । तर, माग पूरा नभएको भन्दै अनशन बसेका युवाहरू शुक्रबारदेखि शान्तिपूर्ण आन्दोलनमा होमिएका छन् ।

कोभिड–१९ को सबल व्यवस्थापनको मागसहित १४बुँदे माग राखेर इनफ इज इनफका अभियन्ता ईः १५ दिनदेखि आमरण अनशनमा छन् । आफूहरूको आन्दोलनमा सत्तारुढ दलका कार्यकर्ताले धम्की दिएको र विपक्षीले सहयोग नगरेको अभियन्ताको गुनासो आइरहेका वेला देउवा शनिबार अनशनस्थल वसन्तपुर दरबार स्क्वायर पुगेका थिए ।

प्रकाशित : 2 August, 2020

प्रतिक्रिया दिनुहोस्