केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सीपीएल आजबाट सुरु हुँदै

सहयात्रा टिभी

एजेन्सी । भाद्र –०२, क्वाराबिन राष्ट्रहरुका टोलीबीच हुने क्वाराबिन प्रिमियर लिग(सीपीएल) आजबाट सुरु हुँदैछ । वेस्टइडिन्ज क्रिकेट बोर्डको आयोजनामा हुने यस लिगमा नेपालका युवा क्रिकेटर सन्दीप लामिछाने लगातार तेस्रो सिजन खेल्दैछन् ।

कोरोना भाइरस संक्रमणको त्रासकाबीच सुरु हुन लागेको सीपीएलको ८औं संस्करण एक शहरमा मात्रै हुनेछ । क्याराबिन राष्ट्र ट्रिनीडाड एण्ड टोबागोको ट्रिनीडाड शहरका दुई रंगशालामा लिगका खेलहरु हुने गरी तालिका तयार पारिएको छ । ट्रिनीडाडको ब्रेन लारा र क्वीन्स पार्क मैदानमा बिनादर्शक खेल हुनेबताइएको छ । पहिलो खेलमा आज ट्रिबागो नाइट राइडर्स र गुयना अमेजन वारियर्सबीच प्रतिस्पर्धा हुँदैछ । नेपाली समयअनुसार बेलुका ७: ४५ बजे खेल सुरु हुँदैछ।नेपालका लेग स्पीनर सन्दीप लामिछाने आवद्ध टोली जमैका तल्लावाशले बुधबारको दोस्रो खेलमा सेन्ट लुसिया जोक्ससँग प्रतिस्पर्धा गर्दैछ । नेपाली समयअनुसार पौने ८ बजे यो खेल हुनेछ । सन्दीपको टोलीका कप्तान वेस्टइन्डिजका ब्याट्म्यान रोभमान पावेल हुन् । उनको टोलीमा वेस्टइन्डिजकै आन्द्रे रसेल, ग्लेन फिलिप्स, कार्लोस ब्रेथवेट, चान्ड्वीक वाल्टन, अफगास्तिानका मुजिव रहमान, पाकिस्तानका आसिफ अली लगायतका खेलाडी रहेकाछन्।२०१९ को सिजनमा बार्बाडोज ट्रिडेन्समा आवद्ध सन्दीपले ६ खेल खेलेका थिए उनले जसमा ८ विकेट लिएका थिए ।त्यसपछि सिंगापुर र ओमानमा भएको टी–२० सिरिज खेल्नका लागि नेपाली टोलीमा आवद्ध भएका कारण सन्दीपले बाँकी खेल खेल्न पाएनन् । यस सिजनमा बेस्ट बलिङ इकोनोमीमा सन्दीप ९औं स्थान रहे । १९.२ ओभर बलिङ गरेका उनको बलिङ इकोनोमी ६.५१ थियो । ५.६३ इकोनोमी रहेका दक्षिण अफ्रिकी लेग स्पीनर इम्रान ताहिर पहिलो स्थानमा रहे । सन्दीपको टोलीले गत सिजन सीपीएलको उपाधि जितेको थियो । २०१८ को सिजनमा सन्दीपले पहिलो पटक सीपीएल खेल्ने मौका पाएका थिए । सेन्ट किट्स एन्ड नेभिज पेट्रिवट्सले सन्दीपलाई लिएको थियो । सो सिजनमा ५ खेल मात्रै खेलेका उनले ७ विकेट लिएका थिए । उनको बलिङ इकोनोमी ६.२४रहेको थियो । सीपीएल २०१८ को बेस्ट बलिङ एकोनोमीमा सन्दीप पाचौं स्थानमा रहन सफल भएका थिए । सो सिजनमा सन्दीपले क्याराबिन प्रिमियर लिग (सीपीएल) को ‘ब्रेक थ्रु स्टार’ अवार्ड पनि प्राप्त गर्न सफल भएका थिए ।

प्रकाशित : 18 August, 2020

प्रतिक्रिया दिनुहोस्