केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सिनेमाघर ५५५ संचालनमा ल्याउने डिशहोमको तयारी

सहयात्रा टिभी

काठमाडौं । भाद्र–१४, इ.सं.२००९ बाट सुरु भएको डिस होमले आज नेपाली बजारमा निकै लोकप्रियता कमाइरहेको छ । डिजिटल प्रविधिबाट गुणस्तरीय सेवा प्रदान गरि ग्राहकहरुलाई भरपुर मनोरञ्जन प्रदान गरिरहेको डिशहोमले हाल शहर देखि ग्रामीण भेग सबै क्षेत्रका मानिसहरुको मन आकर्षित गरिरहेको छ ।नेपालको एक मात्र स्याटेलाइट प्रविधिमा आधारित डिशहोम ग्राहकहरुलाई भरपुर सेवासुविधा प्रदान गरि एक उत्तरदायि संस्थाको रुपमा परिचित बन्दै गएको छ । ग्राहकहरुलाई डिजिटल प्रविधिबाट गुणस्तरीय सेवासुविधा प्रदान गर्ने डिश मिडिया नेटवर्कले नियमसंगत व्यापारलाई अनुसरण गरि नेपाली समाजमा एक सामाजिक उत्तरदायित्व निर्वाह गर्ने संस्थाका रुपमा अघि बढिरहेको हो ।

 

त्यसै अनुरुप विश्वको विभिन्न देशमा सफल भएको प्रविधि ‘पे पर भ्यू’ सेवा नेपालमा नै पहिलो पटक डिशहोमले संचालन गरिरहेको छ । ‘पे पर भ्यू’ सेवा मार्फत न्युनतम मुल्यमा घरमा नै बसेर नयाँ नेपाली सिनेमा परिवारसंग बसेर हेर्न सकिने सिनेमाघर च्यानल कम्पनीले सञ्चालन गरिरहेको छ । डिशहोमले सिनेमाघर च्यानल नं. १०८ र ८८८ सफलताका साथ संचालन गरिरहेको कुरा त सबैलाई सर्वविदितै छ । ग्राहकहरुको मनोरञ्जन लाई ध्यानमा राखेर डिशहोमले सिनेमाघर ५५५ संचालनमा ल्याउने तयारी अन्तिम चरणमा पु¥याएको बताएको छ । साम्तेन भुटिया निर्देशित हाँस्यप्रधान् चलचित्र “चच हुइ” डिशहोम सिनेमाघर ५५५मा हुँदैछ । आर्यन सिग्देल, मिरूना मगर, भोलाराज सापकोटा, माओत्से गुरुङ आदी अभिनित उक्त चलचित्र यही भाद्र १९ गते शुक्रबार देखि सिनेमाघर च्यानल नम्बर ५५५ मा प्रदर्शनमा आउने डिशहोमले जनाएको छ । सिनेमाहलका पहुँच नभएका दुर दराजका ग्राहकहरुले अव छानी छानी नयाँ नयाँ नेपाली सिनेमा सपरिवार संगै बसेर सजिलै हेर्न पाउने भएका छन् ।आई.भि.आर नं. ९८०११९०९९० मा फोन गरेर दिएको साधारण निर्देशन अनुसार सिनेमाघरमा प्रदर्शन भईरहेको चलचित्र सजिलै खुलाउन सकिने, साथै डिशहोमको ग्राहक सेवा केन्द्रमा फोन गरेर, साधारण एस एम एस पठाएर र नजिकैको डिशहोम विक्रेताकोमा सम्पर्क गरेर समेत न्युनतम शुल्कमा सिनेमाघर खुलाउन सकिने डिशहोमले बताएको छ ।

 

सिनेमाघरले सुरुवात वाट नै ग्राहकहरुको माया पाएको थियो जसको उदाहरण स्वरुप सुरुवाती प्रदर्शनमा आएको धुम २ सिनेमाले गरेको उल्लेख्य व्यापारले प्रमाणित गरेको थियो । विभिन्न समयमा प्रदर्शनमा आएका सिनेमाहरु रुद्र प्रिया, जय भोले, दालभात तरकारी, पोइ प¥यो काले, छ माया छपक्कै, कबड्डी कबड्डी कबड्डी, रातो टिका निधारमा, घामड सेरे, आमा, ए मेरो हजुर ३, छक्का पञ्जा ३, कोपिलाले उत्कृष्ट व्यापार गर्न सफल भएको कुरा त हामी सबै जानकार नै रहेका छौं । जसका कारण ग्राहकलाई मनोरञ्जन र चलचित्र निर्माताहरु लाई थप आम्दानीको वाटो थपिएको छ । डिशहोमले सिनेमाघरमा प्रदर्शन हुने चलचित्रको सुरक्षा लाई पनि विशेष ध्यान दिने गर्दछ । सिनेमाघरमा प्रदर्शनमा आएका चलचित्रको पाइरेसी हुन नदिनका लागी चलचित्र अन्य माध्यम माफर्त रेकर्ड भएको पाईएमा सेट टप वक्स ट्रयाक गर्ने सिस्टमको विकास समेत गरेको डिशहोमले जनाएको छ । डिशहोमका ग्राहकहरुको सहजताका लागी २४ सै घण्टा संचालन हुने ग्राहक सेवा केन्द्र, देशको विभिन्न स्थानमा कम्पनीको आफ्नै सर्भिस सेन्टर, हरेक गाउँपालिका र नगरपालिकामा डिलर, सवडिलर, सर्विस फ्रेन्चाईज र प्राविधिक उपलव्ध, फण्ड ट्रान्सफर मार्फत सजिलै रिचार्ज गर्ने सुविधा, ग्राहकहरुको मनोरञ्जनका लागी आफ्नै विभिन्न एक्सक्लुसिभ च्यानलहरु रमाईलो, एक्सन स्पोर्टस, गुञ्जन, के पप, भोजपुरी म्याजिक जस्ता च्यानलहरु सञ्चालन गरिरहेको छ । साथमा ग्राहकहरुको सुविधाको लागी मिसकल मार्फत क्रेडिट सेवा लिन सकिने सुविधा कम्पनीले दिएको डिशमिडिया नेटवर्कका संचालकहरु बताउँछन् । क्रेडिट सेवा लिनका लागी ९८०११२२३३३ मा मिसकल गर्न सकिने पनि डिशहोमले जनाइएको छ ।

प्रकाशित : 30 August, 2020

प्रतिक्रिया दिनुहोस्