केपी ओली प्रचण्ड माधव नेपाल एमाले


निषेधाज्ञाबारे गृह मन्त्रालयको निर्देशन कुर्दै प्रमुख जिल्ला अधिकारी

सहयात्रा टिभी

काठमाडौं । भाद्र–१७, काठमाडौँ उपत्यकाका तीन जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरमा जारी निषेधाज्ञा आज राति १२ बजेबाट सकिँदैछ ।अबको निषेधाज्ञा कस्तो हुनेबारे तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक आज साँझ बस्दैछ ।

जिल्ला प्रशासन कार्यालयले साँझ बैठक बस्नु पूर्व सुरक्षा निकायसँग छलफल र परामर्श लिन सुरु गरिसकेको छ ।तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले गृहमन्त्रालयको निर्देशनसमेत कुरेर बसेको बताइएको छ ।भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भनिन्”निषेधाज्ञाबारे गृहमन्त्रालयले कस्तो निर्देशन दिन्छ त्यही आधारमा छलफल गर्छौँ ।” आज साँझ निषेधाज्ञा थप्ने वा के गर्ने बारेमा बैठक बस्ने प्रजिअ पाण्डेले जानकारी दिइन्। आज साँझ बैठक कहाँ बस्ने भन्ने निश्चित भने भइनसकेको उनले बताइन् । गृहमन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जिल्ला प्रशासन कार्यालयहरूले निर्णय गरेर मन्त्रालयमा जानकारी गराउने बताए । उनले आवश्यकताको आधारमा सुझाव दिन सकिने भए पनि निषेधाज्ञा गर्ने अधिकार प्रजिअहरूसँग भएकाले उनीहरूले आज निर्णय गर्ने बताएकाछन् ।

प्रकाशित : 2 September, 2020

प्रतिक्रिया दिनुहोस्