केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेपालमा कोरोना : पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ५९ जनामा कोरोना पुष्टि,कुल संक्रमित संख्या ५७ हजार नजिक

सहयात्रा टिभी

काठमाडौं । भाद्र–३०,पछिल्लो २४ घण्टामा देशभर दशहजार ३७५ वटा आरटी पीसीआर परीक्षण गर्दा नेपालमा कोरोना भाइरसका थप एक हजार ४५९ जना सङ्क्रमित थपिएका छन् ।पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै हालसम्मका कुल ५६ हजार ७८८ जना सङ्क्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल सक्रिय सङ्क्रमित १५ हजार ७७९ रहेका छन् । पछिल्लो २४ घण्टामा एक हजार एकहजार ६२ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केका छन् । यससँगै कोरोना भाइरसबाट निको हुनेको संख्या ४० हजार ६३८ पुगेको छ । कोरोना संक्रमणमुक्त हुने दर ७१.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल आइसोलेसनमा कुल १५ हजार ७७९ पुगेको छ । क्वारेन्टिनमा सात हजार २५० जना छन् ।पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ३७१ पुगेको छ ।

प्रकाशित : 15 September, 2020

प्रतिक्रिया दिनुहोस्