केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आईपीएलमा हैदराबादलाई हराउदै बैंगलोरको विजयी सुरुवात

सहयात्रा टिभी

एजेन्सी । असोज–०६, युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले जितेको छ । दुबईमा सोमबार राति भएको खेलमा सनराइजर्स हैदराबादलाई १० रनले पराजित गर्दै बैंगलोरले आफ्नो जित सुरुवात गरेको हो ।

यूएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा बैंगलोरले सनराइजर्स हैदराबादलाई १० रनले पराजित गरेको हो । बैंगलोरले हैदराबादलाई १ सय ६४ रनको लक्ष्य दिएको थियो । तर हैदराबाद १९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ५३ रनमा समेटियो । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो । जितसँगै बैंगलोरले पहिलो खेलमा २ अंक जोडेको छ ।

प्रकाशित : 22 September, 2020

प्रतिक्रिया दिनुहोस्