केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कांग्रेसका महामन्त्री कोइराला कोरोना भाइरसमुक्त

सहयात्रा टिभी

काठमाडौं । असोज–०८, नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइराला कोरोना भाइरसमुक्त भएका छन् । महामन्त्री डा. कोइराला सामाजिक सञ्जाल मार्फत आफू कोभिड–१९ मुक्त भएको जानकारी दिएका हुन् ।

उनले आज उनको स्बाव परीक्षणका क्रममा आज नेगेटिभ देखिएको हो । गत शनिबार चावहिलस्थित ओम अस्पतालबाट उपचारपछि डिस्चार्ज भएका महामन्त्री डा. कोइराला चिकित्सकको सल्लाह अनुसार होम आइसोलेसनमा रहेका थिए । उनले अझै केही दिन होम आइसोलेसनमा बस्ने र चाँडै नै पार्टीको नियमित काममा फर्कने जानकारी दिएका छन् । स्वास्थ्यमा सुधार आएपछि उनी अस्पतालबाट डिस्चार्ज भएर होम आइसोलेसनमा बसेका थिए ।

प्रकाशित : 24 September, 2020

प्रतिक्रिया दिनुहोस्