केपी ओली प्रचण्ड माधव नेपाल एमाले


जब युवती–युवती बिबाहका लागि भाग्ने तयारी गरे

सहयात्रा टिभी

एजेन्सी । असोज–०९, भारत, हरियाणा राज्यको क्याथलकी एक युवती राजस्थानको गंगानगर गाउँकी एक युवतीको प्रेममा हराइन् । उनी शुक्रबार क्याथलदेखि ५०० किलोमिटर लामो यात्रा तय गरेर आफ्नो साथीसँग विवाह गर्न गंगानगर गाउँ पुगिन् । तर परिवार र प्रहरीले हस्तक्षेप गरेपछि उनी फर्कनु पर्‍यो । क्याथल निवासी चञ्चल (नाम परिवर्तन) र गंगानगर गाउँ निवासी आंचल (नाम पविर्तन) का परिवारका सदस्यहरू सिरसाको धार्मिक स्थलमा आउँने जाने गर्थे । यस समयमा यी दुबैबीच करीव पाँच बर्ष पहिले भेट भएको थियो ।


त्यस समयमा उनीहरूबीचको मायामा पनि वृद्धि थियो । कोरोना महामारीका कारण अन्तिम केहि दिनहरू उनीहरु एक अर्कालाई भेट्न नसक्ने अवस्थामा पुगे । तर उनीहरुबीच मोबाइलमार्फत कुराकानी भइरहेको थियो । शुक्रवार, चञ्चल क्याथलबाट आँचलको घरमा गंगानगरतर्फ लागिन् । आँचलका परिवारका सदस्यहरूले सबै कुरामा पूरा ध्यान दिइरहेका थिए ।तर जब चञ्चलले आँचललाई आफूसँगै लैजान जिद्दी गर्न थालिन्, तब आँचलका परिवारका सदस्यहरूले पूरै घटनाबारे जानेर त्यहाँ बहस सुरु भयो । यस पछि, चन्चल घरबाट बाहिर आइन् र गाउँको सार्वजनिक ठाउँमा बसिन् । चन्चलका परिवारका सदस्यहरूले उनीहरु छोरीको विवाहका लागि धेरै प्रयास गर्दागर्दै पनि सफल नभएको बताउँछन् । परिवारले भन्यो, ‘उसलाई बसमा फिर्ता पठाऊ ।’ घडासाना प्रहरी चौकीका हवल्दार लक्ष्मण सिंहले भने, ‘क्याथलकी केटीले गंगानगर गाउँकी केटीलाई धेरै माया गर्छिन र उनीबिना बाँच्न सक्दिनन् ।’ ति युवतीले आफु केटाहरूलाई धेरै घृणा गर्ने बताउँछिन् । प्रहरीले क्याथलकी युवतीलाई हिसारको बसमा राखेर फर्काए । उनीहरुको विहे भने नभएको बताइएको छ । उनीहरूको परिवारले प्रहरी चौकीमा कुनै उजुरी दर्ता गराएका छैनन् ।

प्रकाशित : 25 September, 2020

प्रतिक्रिया दिनुहोस्