केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पुदिना सेवनका फाइदाहरु

सहयात्रा टिभी

काठमाडौं । असोज–१२, साधरण तया हामी गाउ घरमा सजिलै पाईने पुदिनाको प्रयोग प्राय सबैले गर्छन । धेरैले प्रयोग गरिरहेको भएपनि यसका फाइदाबारे थाहा नुहन सक्छ । यो स्वास्थ्यका लागि निकै फाइदाजनक छ । पुदिनाका केही फाइदाहरु:

१. पुदिनाको प्रयोग गरि स्वादीलो चट्नी बनाउन सहयोग हुन्छ ।
२. पुदिनाको पातको रस कालो मरिच वा बिरे नुनसँग चिया जस्तै बनाएर खानाले ज्वरोखोकीमा आराम मिल्छ ।
३. पुदिनाको पातको रस कागती र महसँग समान मात्रामा मिलाएर खानाले पेटसम्बन्धी रोगबाट राहत मिल्छ ।
४. यसले हड्डी बलियो बनाउँछ ।
५. महिनावारी भएको बेला पुदिनाको सुकेको पातको धुलो महसँग मिसाएर दिनमा दुई तीनपटक खानाले आराम मिल्छ ।
६. घाउमा पुदिनाको रस लाउँदा चाँडै निको हुन्छ भने छालाको समस्यामा यसको पातको लेप लाउँदा राहत हुन्छ ।
७. पुदिनाको सुकेको पातको धुलोले दाँत माझ्नाले मुखको दुर्गन्ध कम हुन्छ ।
८. घाँटी दुखेको भए पुदिनाको रसलाई नुन पानीमा मिलाएर कुल्ला गर्नाले आराम मिल्नुका साथै आवाज पनि खुल्छ ।
९.पुदिनामा हुने फाइबरले कोलस्ट्रोल कम गर्न मद्दत गर्छ ।

प्रकाशित : 28 September, 2020

प्रतिक्रिया दिनुहोस्