केपी ओली प्रचण्ड माधव नेपाल एमाले


उपत्यकामा जोरबिजोर कडा, ३४४ वटा बिजोर नम्बरका सवारीसाधन होल्ड

सहयात्रा टिभी

काठमाण्डौं । असोज–१३, सवारीसाधनमा जोरबिजोर प्रणाली लागू भएको काठमाडौं उपत्यकामा मंगलबार बिहान नियम मिचेपछि ३४४ वटा बिजोर नम्बरका सवारीसाधन होल्ड गरिएको छ । कोभिड–१९ संक्रमणको जोखिमबाट बच्न काठमाडौं उपत्यकामा चल्ने सवारी साधनमा जोर बिजोर लागू गरिएको छ । गृह–मन्त्रालयको निर्देशनमा काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले भदौ २५ बाट लागू हुनेगरी सो निर्णय लागु गरेका हुन् ।

विभिन्‍न स्थानमा खटिएका ट्राफिक प्रहरीले ती सवारीसाधन होल्ड गरेका हुन् । जसमा २८५ वटा दुई पाङ्ग्रे र ५९ वटा चारपाङग्रे सवारीसाधन छन् । यस्तै, सरकारले तोकेको स्वास्थ्य मापदण्ड कायम नगरी चलाइएका ५२१ वटा सवारीसाधनका चालक, परिचालक र यात्रुलाई ट्राफिक प्रहरीले सम्झाइबुझाइ गरेको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ ।

प्रकाशित : 29 September, 2020

प्रतिक्रिया दिनुहोस्